बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई सेरेन हस्पिटालिटी सर्भिसेजमा १५ प्रतिशत छुट

डिसी नेपाल
२३ पुष २०७८ १४:३८
160
Shares

बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि.  बिच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई सेरेन हस्पिटालिटी सर्भिसेजमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. ले काठमाण्डौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.