कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं। कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले हकप्रद सेयर जारी गर्न सोमबार (पुस २६ गते) बुक क्लोज गर्ने भएको छ ।
बैंकले माघ ७ गतेदेखि १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले प्रति कित्ता १०० रुपैयाँ अंकित मुल्यमा ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो। यो हकप्रद सेयरमा माघ २७ गतेसम्म आवेदन दिन पाउने छ।
बैंकको यस हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्ने भएको छ । यस हकप्रदमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंका साथै कर्पोरेटको रजिष्टर्ड कार्यालय तथा वीरगञ्ज, पर्सामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यस्तै, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ ।







डिसी नेपाल








Facebook Comment