वेष्ट फाइनान्सका ८ जना संस्थापक सेयरधनीले १ लाख १५ हजार ५८ कित्ता सेयर बिक्री गर्दै
काठमाडौँ। वेष्ट फाइनान्स कम्पनीका ८ जना संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्ने भएका छन्। सेयर बिक्री गर्ने संस्थापक सेयरधनीमा शेखर बहादुर प्रधान, विरेन्द्र श्रेष्ठ, राजेन्द्र रत्न बज्राचार्य, जयन्त हाडा, नेचोङ्ग गुरुङ, राजु मानन्धर, राजकाजी शाक्य र गौतम कुमार श्रेष्ठ रहेका छन्।
फाइनान्सका संस्थापक शेयरधनी शेखर बहादुर प्रधानको नाममा रहेको ९० कित्ता, विरेन्द्र श्रेष्ठको ३ हजार ६ सय ८५ कित्ता, राजेन्द्र रत्न बज्राचार्यको ७ हजार ३ सय ७० कित्ता, जयन्त हाडाको ७ हजार ३ सय ७० कित्ता, नेचोङ्ग गुरुङको ६३ हजार ४ सय ३७ कित्ता, राजु मानन्धरको ११ हजार ५६ कित्ता, राजकाजी शाक्यको ७ हजार ८ सय ६८ कित्ता र गौतम कुमार श्रेष्ठको नाममा रहेको १४ हजार ७ सय ९ कित्ता गरी जम्मा १ लाख १५ हजार ५८ कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो ।
यसमा फाइनान्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वेष्ट फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्नेछन् ।







डिसी नेपाल








Facebook Comment