सेयर बजारमा हरियाली, नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

डिसी नेपाल
२५ पुष २०७८ १५:२३
120
Shares

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक ७३.०१ अङ्कले बढेर २ हजार ७६५.४७ विन्दुमा पुगेको छ ।  यस्तै, ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ परिसूचक भने २.६१ अङ्कले बढेर ५१९.३७ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर खरिद बिक्री हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा अपि पावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको २९ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय १६ रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : प्रभु बैंक र अपर तामाकोशीको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहमा हरियाली छाएको छ । आइतबारको कारोबारमा सबै भन्दा बढी होटल तथा व्यापार उपसुचक ६.०८ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा दुई संस्थाको सेयर मूल्यमा सर्किट लागेको छ । हिमालयन उर्जा विकास कम्पनी र नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य १०/१० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता ४६०.९० र ४४८.८० रुपैयाँ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.