प्रिमियर इन्स्योरेन्सको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा

डिसी नेपाल
२६ पुष २०७८ १०:३३
40
Shares

काठमाडौं। प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । कम्पनीले ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरको न्युनतम मूल्य ३ सय ९५ रूपैयाँ तोकिएको छ । यस अनुसार लगानीकर्ताले ३ सय ९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले यसमा न्युनतम ५ सय कित्ता र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस सेयरमा माघ ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

यसमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.