कोरोना बढेसंगै बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकले जारी गर्यो ४ बुँदे निर्देशन
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाहरुलाई ४ बुँदे निर्देशन जारी गरेको छ । पछिल्ला केही दिनमा कोभिड-१९ को संक्रमण नयाँ स्वरुपमा फैलँदै गएको र सोही रुपमा नेपालमा समेत संक्रमण फैलने संकेत देखिएकोले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।
यस्ता छन् राष्ट्र बैंकले दिएको ४ बुँदे निर्देशन :
१. नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने ।
२. सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने ।
३. बैंक तथा वित्तीय संस्थाद्वारा संचालित ATM Booth हरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी Sanitzer लगायतका समाग्रीको व्यवस्था गर्ने ।
४. बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी निश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर Virtual माध्ययमबाट गर्ने व्यवस्था मिलाउने ।








डिसी नेपाल








Facebook Comment