१९.४३ अङ्कले बढ्यो नेप्से परिसूचक, ७ अर्ब १२ करोड माथिको कारोबार
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक १९.४३ अङ्कले बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ परिसूचक भने ३.१६ अङ्कले बढेर ५२२.५३ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर खरिद बिक्री हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २२ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ८ सय २९ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : नेपाल दुरसंचार कम्पनी र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहमध्य १० वटा उपसुचक बढेको छ भने ३ वटा उपसुचक ओरालो लागेको छ ।
सोमबार बढेको सेयर बजारमा तिन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । मध्य भोटेकोशी जलबिद्युतको सेयर १० प्रतिशतले बढेर २८५ रुपैयाँ पुगेको छ। युनियन हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९९/९.९८ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता ३८५.३० र ५००.२० रुपैयाँ पुगेको छ ।







डिसी नेपाल








Facebook Comment