दोस्रो जितको खोजीमा आर्मी, पुलिस र बागमती

डिसी नेपाल
२७ पुष २०७८ ९:४७
44
Shares

काठमाडौं। धानमन्त्री (पीएम) कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार चार खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा एकै समयमा दुई खेल हुनेछन्।

बिहान सवा ९ बजे टियु मैदानमा पहिलो दुई खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्दा मुलपानी क्रिकेट मैदानमा प्रदेश १ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

दिउँसो सवा १ बजे टियुमा क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्ध एपिएफ क्लब मैदान उत्रदा मुलपानीमा प्रदेश २ र गण्डकी प्रदेश भिड्नेछन्। प्रतियोगिताको पहिलो खेलमा पुलिसले सुदूरपश्चिमलाई दुई रनले, आर्मीले कर्णालीलाई ६३ रनको जित निकाल्दा एपिएफले प्रदेश २ लाई २४ र बागमतीले लुम्बिनीलाई ४९ रनले पराजित पराजित गरेको थियो।

प्रदेश १ र गण्डकी प्रदेशको भने मंगलबार पहिलो खेल खेल्न लागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *