कैयौं नेपाली गीतहरु गाएकी बरिष्ठ गायिका लता मंगेशकर आइसीयूमा भर्ना

डिसी नेपाल
२७ पुष २०७८ १३:१३
948
Shares

काठमाडौं। कैयौं नेपाली गीतहरुमा आफ्नो सुमधुर स्वर दिएकी बरिष्ठ भारतीय गायिका लता मंगेशकर कोरोनाभाइरसबाट संक्रमित भएकी छिन् । ९२ वर्षकी लतालाई मुम्बइको ब्रिच क्याण्डी अस्पतालमा आइसीयूमा भर्ना गरिएको छ । लता मंगेशकरको उमेरलाई मध्यनजर गर्दै उनलाई अस्पतालमा भर्ना गर्ने निर्णय गरिएको हो । लताकी भतिनी रचनाले समाचार एजेन्सी एएनआइसँग लता संक्रमित भएको पुष्टि गरेकी छिन् ।

लतामा कोरोनाका कम लक्षण देखिएका छन् तर उनको उमेरका कारण संक्रमणले गम्भीर असर गर्न सक्ने जोखिम भएकोले पूर्वसावधानीका रुपमा उनलाई अहिल्यै आइसीयूमा भर्ना गरिएको हो । अस्पताल प्रशासनले गायिकाको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ । लताले रामकृष्ण ढकालसँग ‘बाँचुञ्जेलीलाई’, मबिबि शाहको शब्दमा ‘आकाशैका तिरमिर तारा’, ‘जुन माटोमा मेरो’ लगायतका गीतमा आवाज दिएकी छिन् ।

२८ सेप्टेम्बर १९२९ मा जन्मिएकी लता भारतमा मात्र नभइ विदेशमा पनि लोकप्रिय छिन् । संगीत क्षेत्र र भारतीय फिल्म उद्योगमा लगाको अहम योगदान छ । यो योगदानको लागि लतालाई कैयौं प्रतिष्ठित सम्मान र पुरस्कारले विभुषित गरिएको छ । लतालाई भारत रत्न, दादासाहेब फाल्के अवार्डका अलावा कैयौं राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानले सम्मानित गरिएको छ । उनको नाम गिनिज बुम अफ वर्ल्ड रेकर्डमा पनि समावेश छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.