आइपिएलका सबैभन्दा महंगा खेलाडीले क्रिकेटका सबै फरम्याटबाट सन्यास लिए
काठमाडौं। दक्षिण अफ्रिकाका अलराउण्डर क्रिस मोरिसले क्रिकेटका सबै फरम्याटबाट सन्यासको घोषणा गरेका छन् । मोरिस आइपिएल इतिहासका सबैभन्दा महंगा खेलाडी हुन् । मोरिसले मंगलबार आफ्नो इन्स्टाग्राममार्फत सन्यासको घोषणा गरेका हुन् । उनले लेखेका छन् ‘आज म क्रिकेटका सबै फरम्याटबाट सन्यासको घोषणा गर्दछु । मेरो यो यात्रामा जसले पनि ठूलो वा सानो भूमिका निभाउनुभएको छ ती सबैलाई म आभार व्यक्त गर्दछु ।’
View this post on Instagram
मोरिस अब दक्षिण अफ्रिकाको फ्रेन्चाइजी टिम टाइटन्सको कोचको भूमिकामा हुनेछन् । मोरिस आइपिएल इतिहासका सबैभन्दा महंगा खेलाडीहुन् । आइपिएल २०२१ को लिलामीमा क्रिस मोरिसले यो इतिहास बनाएका थिए । उनले युवराज सिंहलाई उछिन्दै आइपिएल लिलामीमा सबैभन्दा महंगोमा बिक्ने खेलाडी बनेका थिए । उनलाई राजस्थान रोयल्सले १६.२५ करोडमा किनेको थियो । उनले आइपिएलमा चेन्नइ सुपर किंग्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरका लागि खेलेका छन् ।







डिसी नेपाल







Facebook Comment