अब भीभो आइपिएल होइन, टाटा आइपिएल

डिसी नेपाल
२७ पुष २०७८ १४:४६
200
Shares

काठमाडौं। संसारकै सबैभन्दा महंगो क्रिकेट लिग मानिएको इण्डियन प्रिमियर लिगले नयाँ शीर्ष प्रायोजक पाएको छ । वर्ष २०२३ देखि आइपिएलको शीर्ष प्रायोजक टाटा हुनेछ । २०२२ को सिजनको प्रायोजक भने चिनियाँ मोवाइल कम्पनी भीभो नै रहनेछ । चिनियाँ कम्पनी भीभो २०२२ को सिजनसम्म मात्र शीर्ष प्रायोजक रहनेछ ।

अहिले भीभो आइपिएल भनिने यो लिग २०२३ मा टाटा आइपिएलको नामले चिनिनेछ । आइपिएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआइलाई यो जानकारी दिएका हुन् । बृजेश पटेलले पीटीआइसँग भने ‘अर्को वर्षदेखि टाटा नै आइपिएलको टाइटल स्पोन्सर रहनेछ जसले चिनियाँ कम्पनी भीभोको स्थान लिनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *