लिपुलेकमा भारतीय पक्षले सडक निर्माणबारे भारतसँग गम्भीर संवाद गर्न एमालेको माग

डिसी नेपाल
२७ पुष २०७८ १८:५४
56
Shares

काठमाडौं । नेकपा एमालेले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति विरोध जनाएको छ। एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि नगर्न आग्रह गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए । एमालेले यसप्रति सरकारको मौनताले अनेकौं प्रश्न उब्जाएको बताएको छ । यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न पनि एमालेले सरकारसँग माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.