कोरोना बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ, मन्त्रालयबाट जारी भएका पास खारेज

डिसी नेपाल
२८ पुष २०७८ १९:४३
48
Shares

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । बुधबार सूचना सार्वजनिक गर्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबार प्रवेशमा कडाई गरेको हो ।

मन्त्रालयका अनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका स्थायी र अस्थायी परिचयपत्र खारेज भएका भएका छन् ।

अब नयाँ परिचयपत्रका लागि आवश्यकता हेरेर गृह मन्त्रालयले पूर्वसहमति दिनुपर्नेछ । पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्र मान्य हुनेछ ।

सिंहदरबार प्रवेशका लागि सहमति आवश्यक भएमा गृह मन्त्रालयमा सम्पर्क गर्नुपर्नेछ । सरसफाइसँग सम्बन्धित व्यक्ति भने यसअघि जारी भएका पास, अस्थायी परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाउनेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.