चेल्सी कारावाओ कपको फाइनलमा

डिसी नेपाल
२९ पुष २०७८ ७:४६
152
Shares

काठमाडौं। इंग्लिस प्रतिद्वन्द्वी टोटनहमविरुद्ध १-० को सहज जितसँगै चेल्सी आरावाओ कप अर्थात इंग्लिस फुटबल लिगको फाइनलमा प्रवेश गरेको छ।

बुधबार लण्डनमा भएको दोस्रो लेगको जितसँगै समग्रमा ३-० ले विजयी हुँदै चेल्सी उपाधि नजिक पुगेको हो। अब, चेल्सीले उपाधिका लागि वेम्वली रंगशालामा लिभरपुल र आर्सनलबीचको विजेतासँगै खेल्नेछ । दुई टोलीबीचको खेल कोभिड–१९ का कारण हुन सकेको छैन।

यसअघि खेलको १८औँ मिनेटमा एन्टोनिओ रुडिगरको गोलमा चेल्सीले सहज जित पायो। मासन माउन्टको कर्नरमा रुडिगरले हेड गोल गरेका थिए। यसअघि खेलको ४२औं, ५७औं र ६४औं मिनेटमा टोटनहमले भारको सामना गर्नुपरेको थियो। तर कुनै पनि समय पेनाल्टी र गोल पाएन। बाँकी समय गोल नहुँदा चेल्सी फाइनल पुग्न सफल भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *