पीएम कपः खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचको खेल स्थगित
काठमाडौं।खेलाडीमा कोरोना भाइरसको आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश -१ बीचको खेल स्थगित भएको छ ।प्रधानमन्त्री ९पीएम० कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज दुबै टिम बीच खेल तय भएको थियो । तर, प्रदेश–१ का खेलाडीमा कोरोनाको आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ ।
आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ ।एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।
पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश–१ले दोस्रो खेलमा पानिका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो ।







डिसी नेपाल







Facebook Comment