जेनिस उप्रेती बने पहिलो भ्वाइस किड नेपाल

डिसी नेपाल
१ माघ २०७८ २२:१९
6.6k
Shares

काठमाडौं। जेनिस उप्रेती पहिलो द भ्वाइस किड नेपाल बनेका छन् । फाइनलमा पुगेका ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी पहिलो द भ्वाइस किड नेपाल बनेका हुन् । उनी कोच प्रमोद खरेलको टिममा थिए । विजेता बनेसँगै उनले १५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

यो फ्रेन्चाइजी शो नेपालमा केही वर्ष अगाडि नै आएको हो । द भ्वाइस अफ नेपालको सिनियरतर्फ यसअघि नै ३ सिजन पूरा भइसकेको छ । तर, १४ वर्षमुनिका बालबालिकाको लागि बनाइएको बालबालिका संस्करण ‘द भ्वाइस किड्स नेपाल’को यो पहिलो सिजन थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.