अब कुनै पनि फरम्याटमा भारतका कप्तान रहेनन् विराट कोहली

डिसी नेपाल
२ माघ २०७८ ८:३४
224
Shares

काठमाडौं। भारतको टि–२० राष्ट्रिय टिमको कप्तानबाट आफैं राजीनामा दिएका र एकदिवसीय टिमको कप्तानबाट क्रिकेट बोर्ड बीसीसीआइले हटाएका पूर्वकप्तान विराट कोहलीले टेस्ट टिमको कप्तानबाट पनि राजीनामा दिएका छन् । दक्षिण अफ्रिकासँग टेस्ट सिरिजमा लज्जाजनक हारपछि कोहलीले टिमको कप्तानबाट राजीनामा दिएका हुन् । विराट कोहलीले एक वक्तव्य जारी गर्दै यसको जानकारी दिएका छन् ।

उनले शनिबार बेलुकी एक वक्तव्य जारी गर्दै भनेका छन् ‘म हरेक कुरामा १२० प्रतिशत योगदान दिन चाहन्छु । यदि मैले यस्तो गर्न सकिन भने यो गलत हुनेछ । म यो विषयमा एकदम स्पष्ट छु र म आफ्नो टिमसँग बेइमानी गर्न सक्दिन ।’ कोहलीले टि–२० विश्वकप सुरु हुनुभन्दा पहिले नै विश्वकपपछि आफूले टि–२० को कप्तानी छोड्ने घोषणा गरेका थिए । दक्षिण अफ्रिका टुरको लागि टिम घोषणा गर्ने क्रममा उनलाई एकदिवसीय कप्तानबाट पनि हटाइएको थियो । चयनकर्ताले सेतो बलको क्रिकेट (टि–२० र एकदिवसीय) मा २ फरक कप्तान हुन नसक्ने भन्दै कोहलीलाई हटाइएको बताएका थिए ।

कोहलीले आफ्नो वक्तव्यमा भनेका छन् ‘टिमलाई सही दिशामा लैजानको लागि मैले ७ वर्षसम्म हरेक दिन कठिन परिश्रम गरें । मैले आफ्नो काम पूरा इमान्दारीका साथ गरें र यसमा कुनै कमी छोडिन । हरेक कुरा कुनै न कुनै मोडमा रोकिनु पर्छ र टेस्ट टिमको कप्तानको रुपमा म रोकिने समय यही हो । यो पूरा यात्रामा कैयौं उतार चढाव आए तर मेरो कोसिस र विश्वासमा कुनै कमी आएन ।’ उनले यति लामो समयसम्म देशको अगुवाइ गर्नको लागि अवसर दिएकोमा बीसीसीआइलाई धन्यवाद दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *