पछिल्लो २४ घण्टामा ४९६१ जना नयाँ सङ्क्रमित थपिए, ३ जनाको मृत्यु

डिसी नेपाल
२ माघ २०७८ १६:३८
104
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ४९६१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १२ हजार ५६२ जनामा पीसीआर परीक्षण गरिएकोमा ४ हजार ५३४ जनामा र २ हजार ५६९ जनामा एन्टीजेन परीक्षण गर्दा ४२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२० पुगेको छ ।

यसैगरी देशमा हालसम्म २५ हजार ६८० जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५४ लाख ३१२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.