मन्त्री आलेलाई कोरोना सङ्क्रमण

डिसी नेपाल
३ माघ २०७८ १६:३३
88
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । आज गरिएको कोरोना परीक्षणकाक्रममा मन्त्री आले सङ्क्रमित भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री आलेसहित उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण पुष्टी भएको छ । हाल दुवैजना निवासमै आइसोलेशनमा छन् । मन्त्री र स्वकीय सचिवको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन र कोरोना जाँच गर्न आग्रह गरिएको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.