पछिल्लो २४ घण्टामा ६७३४ जना नयाँ सङ्क्रमित थपिए, ३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ६७३४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार १४ जनामा पीसीआर परीक्षण गरिएकोमा ५ हजार ७४७ जनामा र ३ हजार ४५१ जनामा एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ५४७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२३ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ३० हजार ८७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ३६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment