श्रममन्त्रीका सय दिनः नीतिगत, कानूनी र संरचनागत सुधारका आधार तयार
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्ला तीन महिनाका अवधिमा आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारीको व्यवस्थापन तथा श्रम प्रशासन सुधारमा उल्लेख्य सफलता हासिल गरेको जिकिर गरेको छ ।
श्रममन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेयता श्रम क्षेत्रका समस्याका समाधान, वैदेशिक रोजगारीलाई व्यवस्थित र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधारको आधार तयार गरिएको बताइएको छ ।
सय दिनको अवधिमा आफूले सम्पादन गरेको कामबाट वैदेशिक रोजगारीमा व्याप्त बेथिति हट्ने आशा जागेको मन्त्री श्रेष्ठले बताए । गत असोज २२ गते श्रेष्ठ श्रममन्त्रीका रुपमा नियुक्त भएका थिए ।
सो अवधिमा वैदेशिक रोजगारीको क्षेत्रका बेथिति हटाउने, काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक पहिल्याउने र ती मुलुकसँग श्रम सम्झौताको पहल गर्ने विषय निष्कर्षोन्मुख भएको मन्त्री श्रेष्ठको भनाइ छ ।
श्रम क्षेत्रमा गरिएका नयाँ थालनीले श्रम, रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा ‘तरङ्ग’ ल्याएको र आमनागरिकमा नयाँ आशा पलाएको उनले बताए । मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा सुधार गर्न, सुशासन र भावी योजनाको मार्ग चित्रको प्रारुप अघि बढाउन प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्याउने सबैमा आभार प्रकट गरेका छन् । श्रम मन्त्रालयले सार्वजनिक गरेको १०० दिनका कार्यहरूः







डिसी नेपाल








Facebook Comment