भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा

डिसी नेपाल
६ माघ २०७८ ८:५१
64
Shares

पर्सा। पर्साको वीरगञ्जबाट भन्सार छलीका सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले ५० लाख रुपैयाँबराबरको भन्सार छलीका सामानसहित मालबाहक ट्रक र चालकलाई पक्राउ गरेको हो ।

ट्रक चालक वीरगञ्ज–२ छपकैया बस्ने ३२ वर्षका रौफ आलमलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं ८ माइस्थानस्थित सडकखण्डबाट प्र–२–०३–००१ ख ३६८९ नं ट्रक नियन्त्रणमा लिइएको थियो ।

बिलबिजकभन्दा बढी खुद्रा वस्तुहरु तथा हार्डवेयर पार्टस लोड गरी काठमाण्डौ जाँदै गरेको उक्त मालबाहक ट्रकलाई नियन्त्रणमा लिएर थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.