अण्डरटेकर यही महिना डब्लुडब्लुइको रिंगमा फर्किंदै
काठमाडौं। डब्लुडब्लुइका फ्यानहरुको लागि खुसीको खबर सार्वजनिक भएको छ । रेस्लिङका सुपरस्टार द अण्डरटेकर एक पटक फेरि दर्शकहरुको अगाडि हुनेछन् । रिपोर्टका अनुसार २९ जनवरीमा हुने रोयल रम्बल प्रतियोगितामा अण्डरटेकर पनि उपस्थित रहनेछन् ।
यद्यपि अण्डरटेकर स्वयं रिंगभित्र भने हुने छैनन् । मिसौरीका हुने यो प्रतियोगितामा उनी आफ्नी पत्नी मिशेल म्याककुलको समर्थनका लागि आउँदैछन् । अण्डरटेकरकी पत्नी मिशेल म्याककुल महिला रोयल रम्बलमा प्रतिस्पर्धा गर्दैछिन् ।
पिडब्लु इनसाइडरको रिपोर्टअनुसार २९ जनवरीमा यस वर्षको पहिलो रोयल रम्बलमा दर्शकहरुले अण्डरटेकरलाई देख्न पाउनेछन् । उनी आफ्नी पत्नीलाई सपोर्ट गर्न आउनेछन् तर लाइभ इभेन्टका कुनै पनि किसिमको धमाकाको आशा गर्न सकिन्छ । अण्डरटेकर यो इभेन्टमा आउने खबरले नै फ्यानहरु उत्साहित छन् ।
डब्लुडब्लुइ पनि आफ्नो प्रोमोको लागि कैयौं किसिमका सुट गराउन चाहन्छ तर अहिलेसम्म अण्डरटेकरको तर्फबाट यस विषयमा पुष्टि गरिएको छैन । अण्डरटेकर पछिल्लो समय २०२० मा रिंगमा देखिएका थिए । त्यतिबेला सर्भाभर सिरिजमा उनको फेयरवेल गरिएको थियो । अण्डरटेकर रिंगबाट रिटायर भइसकेका छन् तर रोयल रम्बलमा उनी आउने कुराले फ्यानहरुमा आशा जागेको छ ।







डिसी नेपाल







Facebook Comment