शहीद दिवसमा व्यासमा सार्वजनिक बिदा
काठमाडौं। व्यास नगरपालिकाले शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ ७ गते बसेको बैठकले शहीद दिवसको दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए। नगरपालिकाले प्रत्येक वर्ष शहीद दिवसमा सार्वजनिक बिदा दिँदै आएको छ । उक्त दिन नगरपालिकाले अल्ट्रा म्याराथन गर्ने गरेको थियो । तर यसपटक कोरोना जोखिमका कारण सो कार्यक्रम स्थगित भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment