विश्वकपको खेल चलिरहेका बेला भूकम्प गयो

डिसी नेपाल
१६ माघ २०७८ ११:३२
32
Shares

काठमाडौं। आइसीसी अण्डर १९ विश्वकपमा आयरल्याण्ड र जिम्बाब्बेको खेल चलिरहेको बेला त्यस क्षेत्रमा भूकम्प गएको छ । ट्रिनिडाड एण्ड टोबागोको राजधानी पोर्ट अफ स्पेनमा सकुद्र किनार नजिकैको क्विन्स पार्क ओभल मैदानमा खेल भइरहेको बेला भूकम्पको धक्का महसुस गरियो । यद्यपि यो भूकम्पले खेल भने प्रभावित भएन ।

भूकम्पको धक्का जिम्बाब्बेको इनिङको छैटौं ओभरमा आएको थियो । आयरल्याण्डका स्पिनर म्याथ्यु हम्फीजले त्यो ओभरको पाँचौं बल फाल्दै गर्दा खेलको प्रत्यक्ष प्रसारण गरिरहेको क्यामेरा जोडले हल्लिन थाल्यो । यद्यपि खेल रोकिएर र ब्याटर ब्रायन बेनेटले मिड अफको दिशामा रक्षात्मक सट खेले । त्यसपछिको बल ब्रायनले चौका हाने ।

जब क्यामेरा हल्लिन थाल्यो खेलको कमेन्ट्री गरिरहेका एन्ड्रयु लियोनार्डले भने ‘मलाई लाग्दैछ पृथ्वी हल्लिएको छ । हो, साँच्चै भूकम्प आएको छ । यस्तो महसुस भइरहेको थियो कि नजिकैबाट कुनै ट्रेन गुडिरहेको छ । तर, क्विन्स पार्क ओभलको पूरा मिडिया सेन्टर हल्लिरहेको थियो ।’ भूकम्पका झट्कापछि पनि खेल रोकिएन र खेलको प्रत्यक्ष प्रसारणमा पििन ठूलो अवरोध आएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *