श्वेता तिवारीले झुक्किएर बिग बोस विजेताको नाम लिक गरिदिइन् !
काठमाडौं। बिग बोस १५ को फाइनलको प्रसारण मिति नजिकिँदै गर्दा दर्शकहरुमा यो सिजनको विजेताको नाम जान्ने हतार छ । प्रतियोगीका साथै ठूलो संख्यामा फ्यानहरु यसको प्रतिक्षामा छन् । यही बीचमा बिग बोसकी पूर्व विजेता श्वेता तिवारीको एउटा भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । यो भिडियोमा उनले शोको विजेताको नाम लिक गरेको मानिएको छ ।
हुन त यति भनेपछि श्वेताले एक्कासी कुरा फेर्छिन् । तर, फ्यानहरुले भने उनले गल्तीवश विजेताको नाम लिक गरेको मानेका छन् । खासमा श्वेताले बिग बोसको फाइनलमा एक प्रस्तुती दिँदैछिन् । यसको सुटिङपनि श्वेतासँग पापाराजीहरुले शोको विजेताको बारेमा सोधेका थिए । प्रश्नपछि पहिले त श्वेताले भनिन् ‘तेजा हुन्छिन् ।’ तेजा अर्थात तेजस्विनी प्रकाश । तर, एक्कासी उनले कुरा फेर्छिन् ।
View this post on Instagram
त्यसपछि उनले एक्कासी कुरा फेरेर भन्छिन् ‘तेजा हुन्छिन्, शमिता हुन्छिन् वा यी दुईमध्ये मेरो सोचमा प्रतीक हुन्छन् ।’ अर्कोतर्फ श्वेताले यो भिडियोमा तीन जनाको नाम भनेकी छिन् तर करण कुन्द्राको नाम लिइनन् । उनलाई करणको बारेमा सोध्दा पनि उनले जवाफ दिइनन् । उनको कुराले करण कुन्द्र शोबाट बाहिरिएको पनि अनुमान गरिएको छ ।







डिसी नेपाल








Facebook Comment