‘कोरोना केवल पैसा लुट्ने तरिका हो, म त मास्क पनि लगाउँदिन’
काठमाडौं। अल्टिमेट फाइटिङ च्याम्पियनशिप (युएफसी) की स्टार खेलाडी जुलियाना पेनाले कोरोनाभाइरसका विषयमा नयाँ दावी गरेकी छिन् । उनको यो दावी पछिल्लो समय चर्चामा छ । जुलियानाका अनुसार कोरोना केवल पैसा लुट्ने एउटा तरिका हो र यो केवल हामीलाई मार्ने एउटा प्लट मात्र हो । एक अन्तरवार्तामा जुलियानाले भनिन् ‘मैले तपाइँकै शोमा दुई डाक्टरले कुरा गरेको सुनें त्यसपछि मेरा आँखा खुले ।’
जुलियानाले भनिन् ‘मैले सुरुदेखि नै भन्दै आइरहेकी छु कि कोरोना केवल पैसा कमाउने एउटा तरिका हो जसको लागि हामीलाई मारिँदैछ । म त्यतिबेलासम्म मास्क लगाउँदिन जबसम्म कसैले यस विषयमा लाई केही भन्दैन । नत्र मैले मास्क लगाउँदिन ।’ जुलियानाले अझै पनि आफूले मानिसहरुलाई त्यो सबै कुरा बितिसकेको बताउने बताइन् ।
जुलियाना अहिले युएफसी बेंथम वेट च्याम्पियन हुन् । उनी बरियतामा चौथो नम्बरमा छिन् । जुलियाना अमेरिकी मार्शल आर्ट खेलाडी हुन् र उनी अल्टिमेट फाइटर सिरिज जित्ने पहिलो महिला बक्सर बनेकी थिइन् । कोरोनाको बारेमा यस किसिमको बयान दिने जुलियाना पहिलो खेलाडी होइनन् । यसअघि नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचले पनि कोरोना खोप लिन अस्वीकार गरिसकेका छन् । यही कारण उनले अस्ट्रेलियन ओपनमा भाग लिन समेत पाएनन् ।







डिसी नेपाल







Facebook Comment