राफेल नाडालले विश्व टेनिस जगतमा नयाँ इतिहास बनाए
काठमाडौं। स्पेनका टेनिस खेलाडी राफेल नाडालले टेनिस जगतमा नयाँ इतिहास बनाएका छन् । उनले २१ औं ग्राण्ड स्लाम जित्नै टेनिस इतिहासमै सबेभन्दा धेरै ग्राण्ड स्लामको उपाधि जित्ने खेलाडी बनेका छन् । नाडालले आफ्नो २१ औं ग्राण्ड स्लाम उपाधिको रुपमा अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । यससँगै उनले रोजर फेडेरर र नोभाक जोकोभिचलाई उछिनेका छन् । फेडेरर र जोकोभिचले अहिलेसम्म २०–२० ग्राण्ड स्लाम जितेका छन् ।
नाडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटमा पछि परिसकेको अवस्थामा शानदार कमब्याक गर्दै रुसका डेनियन मेदभेदेवलाई हराएका हुन् । विश्व बरियतामा छैटौं स्थानमा रहेका नाडालले मेदभेदेवलाई २–६, ६–७ (५–७), ६–४, ६–४, ७–५ ले हराएका हुन् । यो खेल ५ घण्टा २४ मिनेट चल्यो । यो अस्ट्रेलियन ओपनको दोस्रो लामो खेल थियो । यसअघि २०१२ मा नोभाक जोकोभिच र राफेल नाडालबीच भएको अस्ट्रेलियन ओपनको फाइनल ५ घण्टा ५३ मिनेट चलेको थियो ।







डिसी नेपाल







Facebook Comment