इंल्याण्ड विरुद्धको टि-२० सिरिजमा वेस्टइन्डिजको जित
काठमाडौं। घरेलु टोली वेस्ट इन्डिजले पाँचौं तथा अन्तिम टी–२० अन्तराष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डलाई हराएको छ ।ब्रिजटाउनमा आइतबार राति वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १७ रनले हराउँदै खेल ३–२ ले जितेको छ।बार्बेडोस स्थित केन्सिंगटन ओभलमा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १८० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६२ रनमा समेटिएको थियो।
इंल्याण्डका जितको लागि अन्तिम ओभरमा २० रन आवस्यक हुँदा साथमा ४ विकेट बाँकी थियो। तर उक्त ओभरमा वेस्टइन्डिज बलर हावी हुँदा ओभरको दोश्रो, तेश्रो, चौंथो र पाँचौ बलमा होल्डरले लगातार ४ विकेट लिंदै इंग्ल्यान्डलाई जम्नै दिएनन्।होल्डरले ७ रन बनाएका क्रिस जोर्डनलाई क्याच आउट गरे, लगत्तै ४१ रन बनाएका स्याम बिलिंग्सलाई पनि क्याच आउटनै गराए।
ह्याट्रिक बलमा उनले आदील रशिदलाई क्याच आउट गरे। त्यसपछि पनि उनको खल झन आक्रामक भयो र लगातार चौंथो विकेट लिँदै मोहम्मदलाई बोल्ड गरे।








डिसी नेपाल







Facebook Comment