राजेशपायल राई म्युजिक एकेडेमी र केन्द्रमोसन पिक्चर्सले रुक्सना लिम्बूको भिडियो बनाइदिने
धरान। द भ्वाइस किड्स नेपालकी फाइनलिस्ट रुक्सना लिम्बूलाई धरानमा भव्य स्वागत गरिएके छ । बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा आइतबार भव्य कार्यक्रक गरिएको हो ।कार्यक्रममा रुक्साना लिम्बू जिताऔं अभियानका तर्फबाट संयोजक मिना सिंगक र सागर सरगम चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
सो अवसरमा रुक्साना लिम्बू जिताऔं अभियान धरानले एउटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो । गीतमा शब्द मिना सिंगक लिम्बू र संगीत सेमिहाङ सिगंकको हुनेछ।मोसन पिक्चर्सले दुईवटा म्युजिक भिडियो निर्माण घोषणा, सिल्भर इन्टरटेन्मेन्ट र एपी शेर्पाको तर्फबाट एउटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो ।
यस्तै राजेशपायल राई म्युजिक एकेडेमी तथा राजेशपायल राई फाउन्डेसनको तर्फबाट दुईवटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो । जसमा राजेशपायल राईको समेत स्वर तथा संगीत रहने छ।
कार्यक्रममा अभियान टिमलाई गीत निर्माणका लागि बालकृष्ण सिंगकले सहयोगार्थ १० हजार र रुक्सनाको आगामी प्रोजेक्टका लागि व्यवसायी टंक लिम्बूले २५ हजारको चेक हस्तान्तरण गरेका थिए ।







डिसी नेपाल








Facebook Comment