अन्तिम १६ बाट पीएसजी बाहिरियो

डिसी नेपाल
१८ माघ २०७८ १०:४८
648
Shares

काठमाडौं। फ्रेन्च कप फुटबलको अन्तिम १६ बाट पेरिस सेन्ट जर्मन (पीएसजी) बाहिरिएको छ।गएराती भएको खेलमा नाइससँग ६–५ गोल अन्तरले पराजित हुँदै पीएसजी बाहिरिएको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलको निर्धारित समयसम्म पनि गोलरहहित बराबरीमा सक्किएपछि पेनाल्टी सुटआउटमा पीएसजी बाहिरिएको हो ।

पेनाल्टीमा पीएसजीका लियोनल मेस्सी, केलियन एमबाप्पे, जुलियन डाज्लर, मार्को भेराट्टी र जुवान बेर्नाटले गोल गरे पनि लिंड्रो पारेडेस र जाभी सिमोन्स गोल गर्न चुकेपछि नाइसले खेल आफ्नो पक्षमा ल्याएको हो।नाइसकालागि मोर्गन, जिन क्लेयर,युसेफ अटल,एमिनी गोउइरी, इभान्स र डान्टेले गोल गरे । तर एन्डी डेलोर्ट भने गोल गर्न चुकेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *