डोजाङ प्रमुखको पुम्से हुने

डिसी नेपाल
१८ माघ २०७८ १६:०१
36
Shares

काठमाडौं। काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता २८ माघमा हुने भएको छ ।

प्रतियोगितामा विभिन्न २०० डोजाङ प्रमुखहरूको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।दुई एकल स्पर्धा समावेश गरिएको छ । पुरुषरमहिला १८ वर्षमाथि उमेरसमूहको खेल हुनेछ । पुरुष/महिला दुवैमा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजारका दरले नगद पुरस्कार पाउने छन् ।

सहभागीले २३ माघसम्म आफ्नो नाम दर्ता गराइसक्नु पर्नेछ । २३ माघदेखि २६ माघसम्म भिडियो पठाउने अवधि तोकिएको छ । भिडियो बढीमा एक मिनेट २० सेकेन्डको मात्र हुनु पर्ने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *