आरआरआरको नयाँ रिलिज मिति सार्वजनिक

डिसी नेपाल
१८ माघ २०७८ १६:३५
112
Shares

काठमाडौं। बुहप्रतिक्षित दक्षिण भारतीय फिल्म आरआरआरको नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ । अभिनेता राम चरण तेजा, जुनियर एनटिआर, अजय देवगन र आलिया भट्ट स्टारर फिल्म आरआरको नयाँ रिलिज मितिबारे ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएका हुन् । अजय देवगनले पनि आफ्नो सामाजिक संजालमा पोस्टर शेयर गर्दै यसको जानकारी दिएका छन् ।

अब आरआरआर २५ आर्च २०२२ मा सिनेमाघरमा रिलिज हुँदैछ । यो फिल्म पाँच भाषाहरु हिन्दी, तमिल, तेलुगु, मलायालम र कन्नड भाषामा रिलिज हुनेछ । एसएस राजामौलीको निर्देशनमा बनेको यो फिल्म यसअघि ७ जनवरीमा रिलिज गर्ने तय थियो तर कोरोना महामारी बढेपछि यसको रिलिज स्थगित गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.