नेपाली प्रशिक्षक अल्मुताइरीको प्रतिक्रियाः रेफ्रीको निर्णयको सम्मान गर्छु

डिसी नेपाल
१८ माघ २०७८ २०:१२
1.7k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन् ।

खेल सकिएपछिको पत्रकारसम्मेलनमा प्रशिक्षक अल्मुताइरीले आफू आज खेलाडीको प्रदर्शनबाट खुसी भएको बताए । शारीरिक रुपमा बलियो टिमबिरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो ।

खेल तनावग्रस्त हुन राम्रो नभएको बताउँदै उनले १ गोलको अग्रता पछि धैर्य भएर खेल्नुपर्ने बताए । खेलमा भएको तनावका लागि दुबै पक्षका खेलाडी ५०र५० प्रतिशत जिम्मेवार भएको उनको भनाइ थियो ।

‘गेम सकियो अब सबैले कुरा बिर्सनुपर्छ’ अल्मुताइरीले भने, ‘म रेफ्रीको डिसिजन सम्मान गर्छु ।’

खेलमा हार जित हुने भन्दै उनले आफूहरु जितका लागि योग्य भएको बताए । उनले खेलाडीहरु आज नडराई खेलेको बताए । तनावपूर्ण खेलमा नेपालले मसिससविरुद्ध १-० को जित हात पारेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *