मोरिसस फुटबल टिमको सम्मानमा रात्रिभोज
काठमाडौं । मैत्रीपूर्ण खेलका लागि नेपाल आएको अफ्रिकी मुलुक मोरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रीभोज आयोजना गरिएको थियो । नेपाल-मोरिसस बिजनेस काउन्सिलले माोरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रिभोजका साथै सम्मान गरेको हो । कार्यक्रममा नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्की समेत थिए ।
महावाणिज्यदूत कार्कीले नेपालमा मोरिसस फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै खुसी लागेको भन्दै यस कार्यले नेपाल-मोरिससबीच मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने र दुई देशबीच खेल, पर्यटन र भाईचारा विकास हुने बताए । उनले विश्वनै कोभिड महामारीमा रहेको बेला देखाएको सद्भाव अविस्मरणीय रहने पनि बताए । आगामी दिनमा पनि कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबीचको पर्यटनलगायत क्षेत्रको विकास गर्न सफल हुने विश्वास व्यक्त गरे ।







डिसी नेपाल







Facebook Comment