कस्तो रहला शुक्रबारको मौसम ?
काठमाडौं । हाल देशमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली भई केही स्थानहरुमा मेघगर्जनरचटयाङरअसिना सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै अन्य प्रदेशमा आंशिकदेखि सामान्य वदली रहेको जल तथा मौसम विज्ञान विभागको मौम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन\चटयाङ\असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
भोलि दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जनरचटयाङरअसिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment