रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा
काठमाडौं। एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्सले गोल गर्दा स्पेनिस ला लिगा लिडर रियल प्रतियोगिताबाट बाहिरियो। यस अघि बिल्वाओले अर्को ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो। अब, फाइनल प्रवेशका लागि बिल्वाओले भ्यालेन्सियाको सामना गर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment