इजिप्ट अफ्रीका कपको फाइलमा
काठमाडौं। इजिप्ट अफ्रीका कप अफ नेसन्स फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति भएको खेलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले हराउँदै फाइनलमा पुगेको हो ।
खेलको निर्धारित समय र थपिएको अतिरिक्त ३० मिनेट समयपनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा सुटआउटमा गएको थियो। अब इजिप्टले उपाधिका लागि सेनेगलको सामना गर्नेछ । सेनेगल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल आइतबार हुने कार्यतालिका रहेको छ ।
पेनाल्टीमा इजिप्टका लागि अहमेद सायद, मोहमद अब्देलमोनेम र मोहनद लाश्हेनले गोल गरे ।क्यामरुनका लागि भने भिसेन्ट अबुबाकरले मात्र गोल गर्न सके।हारोल्ड मोउकोदी, जेम्स सिलिकी र क्लिन्टन एनजीले गोल गर्न चुकेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment