नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवा गरे सम्मान

डिसी नेपाल
२१ माघ २०७८ १३:४१
4
Shares

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

उनले नेपाली फुटबल खेलाडी मिहिनती रहेकाे बताउँदै अन्तर्राष्ट्रिय एक्सपाेजरकाे आवश्यकता रहेकाे बताएका थिए। सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो । साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले सम्मान गरेका हुन्।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको पनि उपस्थिति थियो । शुक्रबारै अल्मुताइरीले नेपाल महिला भलिबल राष्ट्रिय टिमका खेलाडीहरूसँग पनि बालुवाटारमा भेट गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.