पूर्वी लद्दाखमा भारतसँग खोसेको जमिनमा चीनले पुल बनाउँदै

डिसी नेपाल
२२ माघ २०७८ १२:५८
1.3k
Shares

काठमाडौं। पूर्वी लद्दाखको पेगोंग तालमा चीनले पुल बनाउँदैछ । यो क्षेत्र चीनले भारतसँग खोसेको र यहाँ पुल बनाउन लागेको भारतको केन्द्र सरकारले शुक्रबार आफ्नो संसद बैठकमा बताएको छ । भारतका विदेश राज्यमन्त्री भी मुरलीधरणले संसदमा लिखित जवाफ दिँदै भनेका छन् ‘चीनको तर्फबाट पेगोंग तालमा पुल बनाइँदैछ । यसको भारत सरकारले संज्ञान लिएको छ । यो पुलको निर्माण त्यो क्षेत्रमा गरिँदैछ जो १९६२ देखि चीनको अवैध कब्जामा छ ।’

उनले जवाफमा भनेका छन् ‘भारत सरकारले यो अवैध कब्जालाई स्वीकार गरेको छैन । सरकारले कैयौं अवसरमा यो स्पष्ट पारेको छ कि जम्मु कश्मिर र लद्दाखको केन्द्र शासित प्रदेश भारतका अभिन्न अंग हुन् र हामी अपेक्षा गर्छौं कि अन्य देश भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्नेछन् ।’ बयानमा भनिएको छ ‘पूर्वी लद्दाखमा एलएसीमा शान्ति कायम राख्नको लागि चीनसँग कुटनीतिक र सैन्य स्तरमा वार्ता जारी राखिएको छ ।’

सरकारले भनेको छ ‘हाम्रो या वार्ता सधैं ३ विन्दुमा केन्द्रित रहेको छ र अगाडि पनि रहनेछन् । यी तीन विन्दु हुन् १. दुवै पक्षले एलएसीको कडाइका साथ पालन र सम्मान गर्नुपर्छ । २. दुवै पक्ष यथास्थिति कायम राख्नेछन् । ३. कुनै पनि सम्झौता दुवै पक्षको पूर्ण सहमतिपछि हुनेछ ।’

चीनको यो ८ मिटर फराकिलो पुल पेगोंगको उत्तरी तटमाएक चिनियाँ सेनाको मैदानको ठिक दक्षिणमा स्थित छ जहाँ २०२० मा भारतीय र चिनियाँ सैनिकबीच गतिरोधको दौरान चिनियाँ सेनाको फिल्ड अस्पताल र आवास देखिएका थिए । २०२० मा गलवान उपत्यकामा भारतीय सेना र चिनियाँ सेनाबीच भएको हिंस्रक मुठभेडपछि भारत र चीनबीच गतिरोध कायम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.