सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा

डिसी नेपाल
२३ माघ २०७८ ६:५२

काठमाडौं। म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन्। शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गर्‍याे।

घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल गरे। खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै भ्रमणकारी टोली फुलहमले अग्रता लिएको थियो।

तर घरेलु टोली सिटीले दुई मिनेटमै गोल फर्काउदा पुनरागमन गर्दै सहज जित निकाल्यो। अर्को खेलमा प्लेमाउथलाई अतिरिक्त समयमा २-१ अन्तरले पराजित गर्दै चेल्सी विजयी भयो। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको आठौं मिनेटमा मेकोउले गिलेस्फेले गोल गर्दै भ्रमणकारी टोली प्लेमाउथलाई सुरुआती अग्रता दिलाएका थिए।

तर कप्तान सेजर एज्पिलिक्वेटा र मार्कोस अलन्सोले गोल गर्दै चेल्सीलाई जित दिलाए। यस्तै टोटनहमले ब्राइटनलाई ३-१ ले पराजित गर्‍याे। टोटनहमको जितमा ह्यारी केनले दुई गोल गरे भने एक गोल आत्माघाती पायो। अर्को खेलमा फ्रान्क लाम्पार्टले म्यानेजरको रुपमा सुखद सुरुआत गर्दा एभर्टनलले ब्रेन्टफोर्डलाई ४-१ अन्तरले पराजित गर्‍याे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *