संसदमा एमसीसी टेबुल गर्न सभामुखलाई कानुनमन्त्रीको प्रस्ताव

डिसी नेपाल
२३ माघ २०७८ १८:१६
120
Shares

काठमाडौं । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।

बानेश्वस्थित संसद सचिवालयमा भेट गर्दै कानुनमन्त्री सापकोटाले एमसीसीको विषय संसदमा टेबुल गर्नूपर्ने बताएका हुन् । यसका सथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानुनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए । तर, सभामुखले यतिबेला उक्त विषयमा छलफलको वातावरण नभएको प्रतिक्रिया दिएको बताइएको छ ।

एमसीसी मुख्यालयले नेपाल सरकारलाई फेब्रुअरी २८ भित्र एमसीसी पास गर्न समयसीमा दिएको छ । उक्त समयावधिसँगै नेताहरूले यस विषयमा छलफल तथा परामर्श बढाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.