भ्यालेन्टाइन विकमा पेटिएमको भिडियो भाइरल, युजरहरुले भने ‘मेरा मातापिताले त कुट्छन्’
काठमाडौं। फेब्रुअरी महिनामा आउने भ्यालेन्टाइन विक हरेक जोडठीको लागि खास महत्वको हुन्छ । यस्तोमा डिजिटल पेमेन्ट कम्पनी पेटिएमले आफ्नो एउटा विज्ञापन रिलिज गरेको छ । यो भिडियो सामाजिक संजालमा तीब्र रुपमा भाइरल भइरहेको छ । भिडियोलाई लाखौंले हेरिसकेका छन् । हजारौंले यो भिडियोको बारेमा प्रतिक्रिया दिएका छन् ।
Dil ke account se, Paytm karo ❤️ pic.twitter.com/q76slJzZQw
— Paytm (@Paytm) February 7, 2022
पेटिएमले भ्यालेन्टाइन विकको पहिलो दिन ७ फेब्रुअरीमा ट्वीटरमा यो भिडियो पोस्ट गरेको थियो । भिडियोको क्याम्सनमा लेखिएको छ ‘दिको अकाउन्टबाट पेटिएम गर्नुहोस् ।’ ३ मिनेट १७ सेकेण्डको भिडियोमा कसरी पेटिएमको माध्यमबाट डिजिटल पेमेन्ट गरेर कुराहरु सजिलो बनाउन सकिन्छ भन्ने देखाउन खोजिएको छ ।
Ase koun se parents hai jo apne bacho ko encouragement karte yeh sab ke liye, Ager mujhe dekh le ladki ke sath maare alag or bejati or kare dusaro ke samane ????
Aapko kya lagta hai??@Paytm @PaytmTickets https://t.co/abnYDutE3X— Vishal pankaj (@vishalpankajj) February 7, 2022
पेटिएमको यो भिडियो एक जोडीमा केन्द्रित गरेर बनाइएको छ । यो जोडीको आसपासका मानिसहरुले पेटिएमको प्रयोग गरेर उनीहरुको प्रेमकथालाई अगाडि बढाउन सहयोग गरिरहेको भिडियोमा देखिन्छ । भिडियोको सुरुमा युवकलाई उनका अभिभावकले गर्लफ्रेण्डसँग डेटमा जानको लागि पेटिएममार्फत पैसा दिन्छन् । यसअघि अरुले पनि यसैगरी पैसा सहयोग गरिरहेका छन् । हजारौं युजरले यो भिडियोबारे प्रतिक्रिया दिएका छन् ।
Dear @Paytm
koi sense hai iss baat ki ?I don’t know which parents give money to take girlfriend for date. https://t.co/9TUqYPAQAC
— Chiranjeevi P (@Chir_an_jeevi) February 7, 2022
यो भिडियो केहीले रोजक भनेका छन् केहीले भने देखावटी बनेका छन् । एक युजरले भिडियोमा सिर्जनशीलता र भावनात्मकता भएको भनेका छन् । अर्काले लेखेका छन् ‘कुन घरमा अभिभावक आफ्ना सन्तानलाई गर्लफ्रेण्डसँग डेटमा जानको लागि पैसा दिन्छन् ?’ अर्का एकले लेखेका छन् ‘यदि मैले घरमा डेट जानको लागि पैसा मागें भने उनीहरुले मलाई घरबाट निकालिदिनेछन् । कुट्नेछन त्यो छुट्टै ।’







डिसी नेपाल








Facebook Comment