मर्स्याङदीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६० योजना छनाेट

डिसी नेपाल
२७ माघ २०७८ १०:१२
24
Shares

लमजुङ। लमजुङको मर्स्याङदी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६० वटा योजना छनाेट गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी ढंगबाट समयमै सम्पन्न गर्न वडागत रुपमा सुरु भइसकेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले वताए । चालु आर्थिक वर्षमा गाउँपालिकाले ९ वटै वडामा गरी ६० वटा योजना छनाेट गरेको हो ।

छनाेट भएका योजनामा गोरेटो बाटो मर्मत तथा निर्माण, सिढी बाटो निर्माण, मोटरबाटो मर्मत तथा सोलिङ, नाली निर्माण, आन्तरिक बाटो निर्माण, सिंचाइ कुलो निर्माण , खेलमैदान, तटबन्धन, सामुदायिक भवन साझेदारी लगायतका रहेका छन् ।

रोजगार संयोजकका अनुसार हाल अधिकाशं वडामा योजनाहरुको काम चलिरहेको छ भने तन वटा योजना सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई २ करोड ५५ लाख रकम बजेट विनियोजन भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.