कलेजमा बिकिनी लगाउन पाइन्छ ?
काठमाडौं। भारतको कर्नाटकमा चलिरहेको हिजाब विवादप्रति कांग्रेस आइकी महासचिव प्रियंका गान्धीले ट्वीट गरेर आक्रोश व्यक्त गरेकी थिइन् । उनले लेखेकी थिइन् ‘महिलाहरुलाई आफ्नो हिसाबले कपडा लगाउने हक छ जो उनीहरुलाई संविधानले दिएको छ । उनीहरु चाहे बिकिनी होस्, चाहे घुम्टो होस्, चाहे जिन्स होस् वा हिजाब । यो महिलाको अधिकार हो उनी जे लगाउन चाहन्छिन् लगाउन पाउँछिन् । महिलाहरुलाई सताउन बन्द गर ।’
प्रियंका चोपडाको यो बयानमाथि अभिनेत्री शर्लिन चोपडाले प्रश्न उठाएकी छिन् । शर्लिनले प्रियंकाको ट्वीटलाई रिट्वीट गर्दै देखेकी छिन् । ‘मिसेज वाड्रा, भारतीय संविधानका विषयमा तपाइँको बुझाइअनुसार के युवतीहरुले शैक्षिक संस्थानमा बिकिनी लगाउने अनुमति छ ? यदि छ भने कस्तो किसिमको ? माइक्रो बिकिनी वा सी थ्रु बिकिनी ? मसँग धेरै छन् र मलाई यिनीहरु दान गर्न खुसी हुनेछ । यदि उनीहरुले चाहे भने ।’
खासमा कर्नाटकका स्कुल कलेजमा धार्मिक पहिरन लगाउन रोक लगाउन आदेश दिइएपछि बबाल मच्चिएको छ । कैयौं जिल्लाका स्कुल र कलेजमा विद्यार्थीको समूहहरु आमने सामने भएका छन् । ढुंगा हानाहानका घटनाहरु भएका छन् । मुस्लिम छात्राहरु हिजाबमा लगाइएको रोकको विरोध गरिरहेका छन् । अर्कोतर्फ हिन्दू विद्यार्थीहरु भगवा गम्छा र सल लगाएर कलेजमा नाराबाजी गरिरहेका छन् । स्थितिको गम्भीरताका कारण कर्नाटक सरकारले ३ दिनको लागि स्कुल कलेज बन्द गरेको छ ।
उडुपी, शिवमोगा, बागलकोट समेत कर्नाटकका अन्य भागहरुमा केही शैक्षिक संस्थानहरुमा मंगलबार हिजाबको समर्थन र विरोधमा प्रदर्शनपछि तनाव निकै बढेको थियो । त्यसपछि पुलिस र प्रशासनले हस्तक्षेप गर्नुपरेको थियो । शिवमोगामा ढुंगा हानाहान भएपछि धारा १४४ लागू गरिएको थियो । कर्नाटक हाइकोर्टमा यो विषयमा सुनुवाइ पनि भइरहेको छ ।







डिसी नेपाल








Facebook Comment