मोरिससविरुद्धको जितपछि फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

डिसी नेपाल
२७ माघ २०७८ १५:५६
64
Shares

काठमाडौं। अघिल्लो साता मोरिससविरुद्ध घरेलु मैदानमा प्राप्त दुई मैत्रीपूर्ण जितपछि नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ ।बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७औं स्थानमा रहेको हो ।

यसअघिको वरीयतामा नेपाल १६९औं स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रको वरीयताको भने तेस्रो स्थानमा रहेको छ । भारत पहिलो स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । भारत १०४औं र माल्दिभ्स १५७औं स्थानमा छ ।नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । भुटान १८५औं, बंगलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलंका २०४औं स्थानमा छन् ।

विश्व वरीयतामा नम्बर एकमा बेल्जियम यथावत् छ । यस्तै ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, इटाली, स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड क्रमशः दोस्रोबाट दशौं स्थानसम्म रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *