इंग्लिस प्रिमियर लिग: जोटाको दुई गोलमा लिभरपुल विजयी

डिसी नेपाल
२८ माघ २०७८ ६:२४
48
Shares

काठमाडौं। डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ। जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसंगै लिभरपुलले १५औं जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अग्रता दूरी घटाएको हो।

यस खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा फर्किएका छन्। जितसंगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने २१ खेलबाट २६ अंक सहित १२औं स्थानमा छ। शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंक सहित लिभरपुल भन्दामाथि छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *