इंग्लिस प्रिमियर लिग: मार्टिनेलीले रातो कार्ड सामना गरेको खेलमा आर्सनल विजयी

डिसी नेपाल
२८ माघ २०७८ ६:३५
52
Shares

काठमाडौं। दस खेलाडीमा सीमित आर्सनलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई १-० अन्तरले पराजित गरेको छ । खेलको २५औं मिनेटमा गाब्रियल मागाल्हाएसको निर्णायक गोलसंगै आर्सनल शीर्ष पाँचमा उक्लिएको हो ।

खेलको ६९ मिनेटमा गाब्रियल मार्टिनेलीले रातो कार्डको सामना गर्दा भ्रमणकारी टोली आर्सनलले थप दबाब झेल्नु पर्‍यो । जितसंगै आर्सनल २२ खेलबाट ३९ अंक सहित पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट ३४ अंकको उल्भ्स आठौं स्थानमा छ ।

बिहीवार राति नै भएको खेलमा डिअगो जोटाको दुई गोलसंगै लेस्टर सिटीबिरुद्द लिभरपुलले २-० को जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी घटाएको हो।

जितसंगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने २१ खेलबाट २६ अंक सहित १२औं स्थानमा छ ।

शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंक सहित लिभरपुल भन्दामाथि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *