आजबाट सिनेमा हल खुल्ला हुने, पुष्पा र चपलीहाइट प्रदर्शनमा

डिसी नेपाल
१ फागुन २०७८ ९:०५
44
Shares

काठमाडौं। कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु आजबाट खुल्ला हुने भएका छन् ।

जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैवाट सिनेमा हलहरु नियमित रुपमा सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलहरुमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शनमा जाने छन ।

कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो सातादेखि सिनेमाहल लगायतका सार्वजनिक स्थानमा भीडभाड कम गर्ने उदेश्यसहित बन्द गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.