पूजा र हवन गर्न अल्लू अर्जुनलाई ज्योतिषको सुझाव

डिसी नेपाल
१ फागुन २०७८ १०:१०
96
Shares

काठमाडौं। दक्षिण भारतीय स्टार अल्लू अर्जुन अहिले चर्चाको विषय बनेका छन्। उनको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर नै लोकप्रियता पाइरहेको छ । फिल्ममा अल्लूका साथ अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा छन्।

यो फिल्म हेरेका अधिकांश दर्शकले अहिले फिल्मको संवाद र अल्लूकै शैली अपनाइरहेका छन्। अहिले अल्लूका फ्यानहरूलाई अल्लूको भविष्य कस्तो होला भन्ने चिन्ताले सताउन थालेका छन् । किनकि अल्लूको हातमा अझै पनि कैयौं राम्रा प्रोजेक्टहरू छन्।

ज्योतिषहरूका अनुसार अल्लू यो समय आफ्नो जिन्दगीको उत्कृष्ट फेजमा प्रवेश गरिसकेका छन्। खासगरी करियरको हिसाबले उनी उच्च स्थानमा छन् । करियरलाई राम्रो बनाउन ज्योतिषले अभिनेतालाई विशेष पूजा र हवन गर्न सुझाव दिएका छन्। यी कार्य गरेमा अभिनेताले अवरोधको सामना नगर्नुपर्ने सुझाव ज्योतिषको छ।

यहीकारण अल्लू अर्जुन आफ्नो परिवारका साथ फार्महाउसमा पूजा गर्दैछन् । त्यसपछि उनी फिल्म ‘पुष्पा २’ को तयारीमा लाग्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.